कर चुक्ता प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

१६ जेष्ठ २०८१, बुधबार १२:४०

काठमाडौं । कर चुक्ता प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने व्यवस्था गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आर्थिक विधयेक २०८१ मार्फत यस्तो व्यवस्था सुरुवात गरिएको हो। यो सुविधाका लागि भने कर बक्यौता नरहेको र विवरण पेस भएको हुनुपर्ने छ।

यस्ता अवस्थामा अनलाइबाट नै क्युआकर कोडसहितको कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था आर्थिक विधयेकले गरेको हो।

अहिले कर चुक्ता प्रमाणपत्र लिन कर कार्यालयमा स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने अवस्था छ। विभिन्न नाममा समयमा कर चुक्ता प्रमाणपत्र दिन ढिलाइ गरिएको गुनासो करदाताहरूको रहँदै आएको थियो।