साहित्य विधालाई राज्यले दिनु पर्ने जति सम्मान नदिएको युवा कवि शुभेच्छुको भनाई

२८ पुष २०७४, शुक्रबार ०६:५९

पुष २८ ,काठमाण्डौ ।
नेपाली साहित्यमा व्यवसायिकता र आधुनिकतासँगै सर्जकहरुको अवस्था बलियो मात्र हैन सिर्जनाहरु समेत अव्वल बन्दै गएको युवाकवि एवंम् समालोचक रमेश शुभेच्छुको भनाई रहेको छ ।

 

पछिल्लो समय लेखेरै खान पुग्ने अवस्थाको सिर्जना हुनु सुखद पक्ष रहेको बताउदै साहित्य विधालाई राज्यले दिनु पर्ने सम्मान उत्तिसारो नहुनु र आमसंञ्चारले पनि साहित्य क्षेत्रलाई गरेको उपेक्षाले आफू खिन्न भएको बताउनुभएको छ । साहित्यमा आधुनिक पुस्ताको झुकाव बढ्दै जानु राम्रो पक्ष भएको र सर्जकहरुलाई राज्यले उचित वातावरण दिनुपर्ने उहाँको धारणा रहेको छ ।