पहिलो पटक दलित समुदायको लागि बजेट विनियोजन

१६ जेष्ठ २०८१, बुधबार १२:१९

काठमाडौं । सरकारले पहिलो पटक दलित समुदायको लागि बजेट विनियोजन गरेको छ।

मंगलबार (हिजो) अर्थमन्त्री वर्षमानले सङ्घीय संसद्को सुंयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै दलित समुदायको रोजगार सिर्जना गर्न दलित विकास प्राधिकरण स्थापनाका लागि २० करोड विनियोजन गरिएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न सशक्तीकरण कार्य गर्ने संरचना एकीकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्थापन गरिने बताए

यस्तै दलित समुदायको रैथाने, सीप, ज्ञान र पेसाको आधुनिकीकरण गरी रोजगार सृजना, जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न २० करोड विनियोजन गरिने पनि उल्लेख गरेका छन्।