काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको मूल्य केही बढेको छ ।
एक यूरो खरिद गर्नका लागि १४४ रुपैयाँ १३ पैसा पर्छ भने बिक्री १४४ रुपैयाँ ७९ रुपैयाँमा भइरहेको छ । अमेरिकी डलर स्थिर नै रहेको छ। जसको खरिद दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको छ ।
