काठमाडौं । चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ–मुग्लिङ सडक खण्डमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
गएराती भएको उक्त दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते भएकामध्ये सात जनाको अवस्था गम्भीर रहेका छन्।
काठमाण्डौबाट प्युठानतर्फ जादै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठोकिदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएका छन् । घाइते भएका उनीहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
