काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीचमा पनि अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन्।
सभामुख देवराज घिमिरले आइतबार प्रतिनिधि सभाको बैठकको कार्यक्रम शुरू गर्ने वित्तिकै नेपाली कांग्रेसका सांसदले विरोध जनाएका थिए। उनीहरूले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएका छन्।
संसदीय समिति गठनमा सहमति जुटेको भए पनि कार्यक्षेत्रबारे विवाद छ। विपक्षी दलले सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान लिएका छन् भने सत्तापक्षले व्यक्ति विशेषलाई तोक्न नहुने पक्षमा छन्। जसले गर्दा संसदीय समितिको कार्यक्षेत्रबाट सहमति जुट्न सकेको छैन।
आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले त्यही माग दोहो¥याउँदै नाराबाजी गरेका हुन्। त्यहीबीच सभामुख घिमिरेले अर्थमन्त्री पुनलाई आर्थिक सर्वेक्षण पेश गर्न समय दिएका थिए।
