फुञ्जो लामाले १५ घण्टाभन्दा कम समयममा सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम

१३ जेष्ठ २०८१, आईतवार ११:१४

काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथामा १५ घण्टाभन्दा कम समयममा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।

आरोही लामाले २०८१ जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गरेकी हुन् ।

उन २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल भएकी हुन् ।

विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उनले १४ घण्टा ३१ मिनेटमा शिखर चुमेकी हुन् । सन् २०१८ मा उनले ३९ घण्टा छ मिनेटमा शिखरमा पुग्नुभएको थियो । सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उनको कीर्तिमान भङ्ग गरेकी थिइन् ।