काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजार नजिक सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ ।
(आज) आइतबार बिहान ९ बजेतिर भएको घटनापछि उद्धार कार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नारायणगढ–मुग्लिन सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको हो । उक्त एक्स्काभेटरभित्र अपरेटर पनि रहेको डीएसपी रिजालले बताएका छन् ।
उक्त घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको भरतपुरको डिभिजन सडक कार्यालयलले जनाएको छ ।
