आज सुनको मूल्य १८ सयले घट्यो

१० जेष्ठ २०८१, बिहीबार ११:३२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (विहीबार) सुनको मूल्य १८०० रुपैयाँले घटेको जनाएको छ।

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० रहेको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (बुधबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (बुधबार) चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भएको थियो ।