लक्ष्मी सन्‌राइज बैंक विराटनगरको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण

९ जेष्ठ २०८१, बुधबार ११:०७

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण गरेको छ।

विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ विराटनगर महानगरपालिकाकै वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको हो।

स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ।

यस्तै बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न झापा बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्‌राइज बैंकको स्थान – भद्रपुर लाईन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ।

यस्तै चितवनको भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान – हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरूलाई सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ।

अहिलसम्म लक्ष्मी सन्‌राइज बैंकले ५९ जिल्लाका २५६ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैँकिङ्ग एजेन्ट बाट सेवा दिइरहेको बैंकले जनाएको छ।