कांग्रेसले दियो प्रधानमन्त्री प्रचण्डलाई यस्तो जवाफ

७ जेष्ठ २०८१, सोमबार १४:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जवाफ दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा कांग्रेसको विरोधलाई लक्षित गर्दै ‘चर्को मूल्य चुकाउनुपर्ने’ बताएका थिए ।

यसपछि कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिदै भने, “प्रधानमन्त्रीको भनाइप्रति हाम्रो भनाइ थप केही छैन तर, त्यो चर्को मूल्य कसले चुकाउनुपर्छ । हेर्दै जाउँला ।”

सांसद खतिवडाले गृहमन्त्री रवि लामिछानेको भनाइप्रति आफूहरू गम्भीर भएको समेत बताएका छन् ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने लगभगलगभग प्रमाणित दोषी भएको उल्लेख गर्दै सांसद खतिवडाले थपे, “तर, जुन संस्कारबाट आएको छ, त्यही हुने हो । तर, बोल्दा विचार पुर्‍याएर बोल्नुपर्छ ।”