इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु

१६ बैशाख २०८१, आईतवार ११:५९

इलाम । इलाम २ मा उपनिर्वाचनको मतगणना प्रारम्भ भएको छ ।

पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन् । मतगणनाको नतिजा पनि हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

आइतबार (आज) बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो । सहि निर्णय अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।