राष्ट्रिय मुक्ति क्रान्ति सम्बध स्वनिगः (उपत्यका) विशेष ब्यूरो र नेवाः राष्ट्रिय परिषदको संयुक्त आयोजनामा आज बसन्तपुर देखि भद्रकालीसम्मको बृहत् जनप्रदर्शन कार्यक्रम कोणसभामा परिनत भै शान्तिपूर्ण रूपमा सकिने बेलामा केही भिजलान्तेहरुले ढुङ्गामुढा गरि परिस्थिति असहज बनाउदा त्यसक्रममा प्रहरीद्वारा अत्यधिक दमन गरि महिला समेत गरी कैयौंलाई निर्मम तरिकाले कुटपिट गरिएको छ ।
त्यसक्रममा केशव झा, आर के तामाङ, कौसल सिंह, ओ लामा, संजय चौधरी, रमण पाण्डे, कुशल थिङ, श्रीधर मानन्धर, रिजन लामा, आकाश घोस्तिङ, कबिन लामा, विसाल योन्जन, मोतिलाल ठाकुर, सुमन लामा, सेमसंग लामा, पासाङ घिसिङ, साजन तामाङ, प्रेम बहादुर वाइबा, शेख तबरेज, कर्नाक मिया, शिख मन्जिर, संजिव तामाङ, प्रेम लामा, धन बहादुर लामा, चन् नारायन थारु, परिचय पोडे लगायतकालाई प्रहरीले घाइते बनाएको घटना प्रति घोर भ्रत्स्ना व्यक्त गरेका छन्।
साथै उक्त घटनामा प्रहरीहरू पनि घाइते भएकाले घाइते प्रहरीहरू प्रति पनि सिघ्र स्वास्थ लाभको कामना समेत व्यक्त गरेका छन्। साथै प्रहरीद्वारा गिरफ्तार गरिएका विसाल चित्रकार, मनोज लामा , सनम लिम्बु, राम प्रवेस साह, सन्तोष मेहता, भुवन केसी, महेस लामा, विजय लामा, रेशम थापा, उमेश मोक्तान, कुशल तामाङलाई बिनासर्त तत्काल रिहाई गर्न जोडदार माग गरेका छन्। उनीहरुलाई यथासिघ्र रिहाई नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको लागि सरकार स्वयं जिम्मेवार हुने चेतवानी समेत दिएका छन् ।

