अर्घाखाँची सम्पर्क समाज रुपन्देहीको कार्यक्रम सम्पन्न

२४ चैत्र २०८०, शनिबार १७:१२

बुटवल । “सम्पूर्ण बाँगीबासीहरु एकजुट होऔ” भन्ने मुल उद्देश्यका साथ गठित बाँगी ९अर्घाखाँची० सम्पर्क समाज रुपन्देहीको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व लुम्बिनी प्रदेश सासंद निर्मला क्षेत्रीले संस्थाले विभिन्न समस्या समाधानमा व्यक्तिको मनोबल बढाउन र व्यक्तिलाई उर्जाशील बनाउन सहयोग गरिरहेको बताए।

उनले समाजलाई सहि गोरेटोमा लैजान राजनीतिभन्दा माथी उठेर काम गरेमात्र यसको सार्थकता र औचित्य रहने बताए। उनले समाजलाई सतमार्गमा लैजान सबै एक भएर अगाडि बढ्नुपर्ने बताए । अहिले राजनीति अस्थिरताले गर्दा जनतामाझ नकारात्मक प्रभाव परेकोले नेतृत्व तहले समयमै सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभा ससंदीय दलको पुर्व सचेतकसमेत रहएकी क्षेत्रीले सम्पर्क समाजले गरेको कामको प्रशंसा गरिन् । मुलुक समृद्ध बनाउन र सुशासन कायम हुन राजनितीक स्थायित्व आबश्यक हुने बताउँदै यसको लागी सबैलाई सचेत हुन क्षेत्रीले आग्रह गरिन् ।

उनले हेर्ने मानसिकता सकारात्मक भएमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने बताइन्। देशमा बसेर काम गर्दा आफ्नो पहिचान र अपनत्वको भावना बढ्ने कुरामा उनले जोड दिइन् । यस संस्थाले जनतासँग बहस गर्ने र उनीहरूको अपेक्षा सम्बोधन गर्न सघाउनेमा उनले विश्वास व्यक्त गरिन्।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व उपाध्यक्ष खिम बहादुर व.क, संरक्षक तथा पूर्व जि.सी.अ. दलबहादुर बिसी, निवर्तमान अध्यक्ष भोज बहादुर खड्का, सल्लाहकार खिमानन्द भुसाल, सैनामैना नगरपालिका इन्जिनियर अरुण खनाललगायतले शुभकामना विचार व्यक्त गगरेका थिए ।

संस्थाका अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यालेन्डर प्रकाशनमा सहयोग गर्नुहुने विज्ञापन दाताहरुलाई सम्मान समेत गरिएको थियो ।