किस्पाङलाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने गरी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

९ चैत्र २०८०, शुक्रबार २०:४१

काठमाडौं । किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङले किस्पाङ गाउँपालिकालाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने गरी काम भईरहेको बताएका छन् ।

उनले आफु प्रतिनिधिको रुपमा निर्वाचित भएपछि शिक्षा, कृषि र युवा सोरोजगार जस्ता कार्यक्रमहरु गाउँपालिकाले महत्वका साथ अघि सारेको बताएका हुन् । उनले आफु प्रतिनिधिको रुपमा निर्वाचित भएको पहिलो बर्षमै किस्पाङलाई कसरी शैक्षिक मोडेलको रुपामा फरक बनाउन सकिन्छ भनेर योजना बनाएको र यस बर्ष देखी उक्त योजना कार्यन्वयन गर्ने पक्षमा आफुहरु रहेको बताएका छन ।

उनले भने, ‘ म प्रतिनिधिको रुपमा निर्वाचित भएपछि पहिलो बर्ष किस्पाङलाई कसरी शैक्षिक मोडेलको रुपमा फरक बनाउन सकिन्छ भनेर योजना बनायौ, यस पटक (दोस्रो बर्ष) हामी उक्त योजनालाई कार्यन्वयन गर्ने पक्षमा रहेका छौ, ‘ गत बर्ष शैक्षिक सुधारको लागि हामीले सरकारी विद्यालयहरुमा किन विद्यार्थीको चाप वा सङ्ख्या कम भईरहेको छ, किन आज भोली अभिभावकले सरकारी विद्यालयमा विद्यार्थी पढाइरहेका छैनन् भनेर हामीले गहन अध्यान गरेका थियौ । र सोही अनुसार हामीले शिक्षा समितिको अगुवाइमा विशेष उपसमिति गठन गर्‍यौं ।’

उनले किस्पाङमा रहेका विद्यालयको विकास र सुधारको लागि नुवाकोट जिल्लाको उत्कृष्ट र नमुना विध्यालको साथै देशको संघीय राजघानी काठमाडौंका चलेका सरकारी विद्यालयको अध्ययन गरेर एक खालको योजान बनाएको पनि बताएका छन ।

उनले अन्य देशहरुमा सरकारी विद्यालयमा पढ्नको लागि कोटा नपाएपछि मात्र निजि विद्यालयहरुमा जानेगरेको तर नेपालमा भने यस्को उल्टो निजि विद्यालयमा पढ्नको लागि कोटा नपाएपछि मात्र सरकारी विद्यालयमा जानेगरेको भन्दै यो विडम्बनाको कुरा भएको बताएका छन ।

उनले यस परिपाटीलाई चिर्नको लागि नै गाउँपालिकाले नयाँ योजना बनाएको दाबी गरेका छन । उनले गत साल नै गाउँपालिका भित्र कम विद्यार्थी भएका विद्यालय गाभ्ने योजना बनाएको तर कार्यन्वयनमा भने केही समस्या आएको बताएका छन ।

तर यस पटक बाट भने उक्त योजना कार्यन्वयन हुने उनले बताए । उनले गाउँपालिका भित्र रहेका विद्यालयमा कम्तिमा एउटा कक्षामा १५ जना विद्यार्थी हुनुपर्ने नभए आवाश्यकता हेरेर गाभ्ने बताएका छन । उनले पढ्नकै लागि जिल्लाको सदरमुकाम विदुर हुँदै काठमाडौं सम्म जाने परिपाटीको अन्तय गर्ने योजनाका साथ किस्पाङले शैक्षिक योजना बनाइरहेको जानकारी दिएका छन ।

उनले आफु प्रतिनिधिको रुपमा निर्वाचित भएपछि थेरै र्खचमा पनि उत्कृष्ट शिक्षा पाउने खालका योजना ल्याएको बताएका छन । उनले गाउँपालिकाले अहिले नयाँ शैक्षिक योजना ल्याउने तयारीमा रहेको पनि बताएका छन । नयाँ शैक्षिक योजना (एम.एल.एफ) सिस्टममा विकास गर्ने गरी पालिकाले योजना बनाइरहेको पनि बताएका छन ।

उनले गाउँपालिका भित्र रहेको किस्पाङ बहुप्रविधिक शिक्षालयले गत साल बाट फार्मेसी कोर्स सुरु गरेको पनि बताएका छन । यस बर्षबाट उक्त शिक्षालयमा (एच.ए),जडिबुटी शिक्षा पढाइ हुने पढाइ हुने पनि जानकारी दिएका छन । उनले देशमै पहिलो पटक मेडिसिन एरेमेटिक प्लन्ट किस्पाङ गाउँपालिकाले सुरु गर्न लागेको पनि बताएका छन ।

उनले भने, ‘ यो कोर्सको सेलेबस गिरिराजमणि पोखरेल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुँदा तयार भएको रहेछ तर कतै पनि सुरुभएको रहेनछ, अब यो कोर्स किस्पाङले सुरु गर्छ ।’ साथै उनले किस्पाङ गाउँपालिका भित्र रहेको भेडाफार्मको विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्ने पनि बताएका छन । ९ सय रोपनीमा चलिरहेको भेडाफार्म विकासको लागी संघीय सरकार सँग सहकर्य गरेर अधि बड्ने पनि बताएका छन । उक्त भेडाफार्मको विकास र विस्तार गर्न सकेमा कम्तीमा पनि गाउँपालिका भित्र रहेका ५ हजार जनालाई रोजगारी दिन सकिने पनि बताएका छन ।