सुनको भाउ एकै दिन २६ सयले बढ्यो, नयाँ रेकर्ड कायम

८ चैत्र २०८०, बिहीबार ११:३३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

छापावाला सुनबुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। चाँदी आज तोलामा ३५ रुपैयाँ बढेको छ । बुधबार १ हजार ५२० रुपैयाँ मूल्य कायम रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँ पुगेको छ ।