कर्णाली पुलमा गुडिरहेको ट्रकमा अचानक आगलागी

२८ फाल्गुन २०८०, सोमबार १७:३०

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा अचानक आगलागी भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एक मालबाहक ट्रकमा लागेको आगो कर्णाली पुलमासमेत सल्किएको छ। गुडिरहेको ट्रकबाट सल्किएको आगो पुलका डोरीहरूमा पनि सल्किएको रेडक्रसकर्मी मार्कण्डे उपाध्यायले जानकारी दिए। आगलागीका कारण भने खुलेको छैन।

स्थानीय र प्रहरीहरूले आगो निभाउने प्रयास गरिरहेका छन्।