अस्ताए ललितपुरमा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकार

२८ फाल्गुन २०८०, सोमबार ११:४८

काठमाडौं । लललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।

उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ। ललितपुर महानगरपालिका वडा नम्बर १०मा ११ औं पटक स्वतन्त्र रुपमाउम्मेदवारी दिएका उनी सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । वडामा उनी धेरै समय काम गर्ने रुचाइएका जनप्रतिनिधि हुन्।

उनी २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए । तर, ०७९को स्थानीय चुनावमा स्वतन्त्र उठेका नरसिंह आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए।