काठमाडौं । काठमाडौं टोखा नगरपालिकाको बान्याटार देखि एक पुरुष हराएका छन् ।
स्थायी बसोबास सिराहा जिल्लाको धनगढीमाई नगरपालिका – १२ घर भई काठमाडौं जिल्ला टोखा नगरपालिकाको बान्याटार स्थित कोठा भाडामा बस्दै आएका नवीन श्रेष्ठ गत पुष २ गते देखि सम्पर्क विहीन भएका हुन् ।
उनी बान्याटार स्थित कोठा भाडामा एक्लै बस्दै आएका थिए । करिब २ वर्ष जति पठाओ चलाउदै आएको उनको दाई विष्णु बहादुर श्रेष्ठले बताएका छन् । उनको दाईको भनाई अनुसार पठाओ चलाउन छोडेपछि उनी सम्पर्क विहीन भएका हुन् ।
उनको खोजि कार्य लागि प्रहरी बृत्त महाराजगंमा माघ २४ निवेदन दिई जानकारी गराएको तर केही पनि पत्ता नलागेको प्रहरी स्रोतले जनाएको छ । उनको घरपरिवारले सबै तिर खोजि कार्य गर्दा पनि हालसम्म फेला परेका छैनन् ।
उनलाई देख्ने वा भेट्ने जो कोहीले पनि नजिकको प्रहरी कार्यलय वा उनको परिवालाई सम्पर्क गर्न अनुरोध छ ।
निजको दाई विष्णु बहादुर श्रेष्ठ सम्पर्क नं. ९८०८९८७१०६

