झिलीमिली होटल र रेष्टुरेन्टहरुले युवायुवतीको मन, मुटु र माया जोड्दै

२७ मंसिर २०७४, बुधबार ०९:०४

शव्द/तस्वीर शशिशेखर घिमिरे

कुनैबेला बानेश्वर चोकवाट साँझ पर्दा–नपर्दै हत्तपत्त शंखमूलको ओरालो भएर जोकोहि पाटन पुग्न असहज ठान्थे । शंखमूल क्षेत्रमा हुने गरेका अपराधजन्य घटनाका कारण मानिसहरुलाई एक किसीमको भय थियो । र त साँझै पनि मानिसहरु उतिसारो हिड्ँन डराँउथे । तर अहिल्य यो मार्ग बिस्तार मात्र भएन् । बाग्मतीको दाँयाबाँया करिडोर बनेपछि त मानिसहरुको चहलपहल देखि सवारीसाधनको चाप समेत बढ्दै गएको छ । यस मार्गले काठमाण्डौं र ललितपूर त जोडेकै छ, झिलीमिली होटल र रेष्टुरेन्टहरुले युवायुवतीको मन, मुटु र माया जोड्दै लगेको देखिन्छ । अनि उज्यालो शंखमूल क्षेत्रले केहि युवाहरुलाई विदेशको रंगिचंगि भन्दा स्वदेशमै पनि गर्न सकिन्छ भन्ने हौसला समेत दिएको देखिन्छ ।