पुत्रवियोग मानिसको जीवनमा सबैभन्दा ठूलो शोक-माओवादी केन्द्रअध्यक्ष दाहाल

७ मंसिर २०७४, बिहीबार ११:१२

मंसिर काठमाडौं ।

पुत्रवियोग मानिसको जीवनमा सबैभन्दा ठूलो शोक रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

बिहिबार लाजिम्पाटस्थित आफ्नै निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्तब्य दिँदै प्रचण्डले स्वर्गीय छोरा प्रकाशको स्मरण गरे । उनले प्रधानमन्त्रीको रुपमा आफ्नो दोस्रो कार्यकाल छोरा प्रकाशको सहयोगविना सफल नहुने भन्दै

सक्रिय राजनीतिमा लाग्नु परेकाले मैले लालनपालनका सवालमा बाबुका रुपमा छोरामाथि न्याय गर्न सकिन र गरिन प्रचण्डले जारी गरेको शोक वक्तव्यमा जनाइएको छ । मंसिर ३ गते आकस्मिक हृयदघातका कारण प्रकाश दाहालको ३६ वर्षको उमेरमा निधन भएको थियो ।