सेयर बजारमा हरियाली, नेप्से १५ अंकले बढ्दा कारोबार रकम पनि उकालो

९ मंसिर २०८३, मंगलवार १६:२४

साताको कारोबारको मंगलबार सेयर बजारमा उत्साह देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८ अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से २.२६ अंकले बढेको थियो।

बजार परिसूचकसँगै मंगलबार कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

यस दिन कारोबारमा आएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ। त्यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

मंगलबारको बजार वृद्धिमा बैंकिङ समूहको महत्वपूर्ण योगदान देखिएको छ। कुल बजार पुँजीकरणमा ठूलो हिस्सा रहेको बैंकिङ समूह १.२४ प्रतिशतले बढेको हो।

त्यस्तै, विकास बैंक समूह १.०४ प्रतिशत, होटल तथा पर्यटन ०.९४ प्रतिशत, व्यापार ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६१ प्रतिशत र जलविद्युत् समूह ०.४६ प्रतिशतले बढेका छन्।

यसैगरी, लगानी समूह ०.३० प्रतिशत, निर्जीवन बीमा ०.२६ प्रतिशत, जीवन बीमा ०.१४ प्रतिशत र फाइनान्स समूह ०.०३ प्रतिशतले बढेका छन्।

समग्रमा मंगलबार सेयर बजारमा परिसूचक र कारोबार रकम दुवै बढ्दा लगानीकर्तामा उत्साह देखिएको छ।