भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहयोगको घोषणा

८ मंसिर २०८३, सोमबार १४:२६

भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। नयाँदिल्लीमा नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तालगत्तै भारतीय प्रधानमन्त्री मोदीले उक्त सहयोगको घोषणा गरेका हुन्।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै भारत सधैँ नेपालको सुख–दुखमा साथ रहेको प्रतिबद्धता दोहोर्‍याए।

नेपाल सरकारको आग्रहबमोजिम भारतले यो सहयोग प्याकेज घोषणा गरेको हो। नेपालले भारतसँग कुल २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहायताका लागि अनुरोध गरेको थियो, जसमा १ खर्ब भारु अनुदान र १ खर्ब भारु सहुलियतपूर्ण ऋण समावेश थियो। नेपालको विकास प्राथमिकता र प्रस्तावलाई स्वीकार गर्दै भारतले सोहीअनुरूपको सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।