प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको छ। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीको सचिवालयका सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीहरू रहेका छन्।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र र मुख्यसचिव गोविन्दबहादुर कार्कीलगायत सहभागी छन्।
त्यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित विभिन्न मन्त्रालयका सहसचिव, उपसचिव तथा अन्य कर्मचारी पनि भ्रमण टोलीमा छन्।
भ्रमण दलमा प्रधानमन्त्रीको सुरक्षा टोली, सैनिक सहयोगी (एडीसी), सञ्चारकर्मी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई समेत समेटिएको छ। गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधि पनि टोलीमा सहभागी छन्।
३५ सदस्यीय प्रतिनिधिमण्डलको पूरा सूची:
१. राजनीतिक नेतृत्व तथा सल्लाहकार
- वालेन्द्र शाह — प्रधानमन्त्री
- स्वर्णिम वाग्ले — अर्थमन्त्री
- शिशिर खनाल — परराष्ट्रमन्त्री
- कुमार व्यञ्जनकार — प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
- असिम शाह — प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
- विवेक मिश्र — सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
२. सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी
7. गोविन्दबहादुर कार्की — मुख्यसचिव
8. अमृतबहादुर राय — परराष्ट्र सचिव
9. रुद्रसिंह तामाङ — उद्योग, वाणिज्य तथा आपूर्ति सचिव
10. सुभाष शर्मा — प्रधानमन्त्रीका प्रमुख निजी सचिव
11. याङ्की उक्याब — लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत
12. जगदीश्वर पाण्डे — परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
13. प्रदीप परियार — प्रधानमन्त्रीका निजी सचिव
14. गहेन्द्रराज भण्डारी — परराष्ट्र मन्त्रालयका सहसचिव
15. कुमारराज खरेल — शिष्टाचार महापाल
16. लोकबहादुर पौडेल क्षेत्री — परराष्ट्र मन्त्रालयका प्रवक्ता
17. अमृत लाम्साल — अर्थ मन्त्रालयका सहसचिव
18. सुभाष ढकाल — सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
19. सुनील पौडेल — ऊर्जा मन्त्रालयका सहसचिव
३. सचिवालय तथा अन्य कर्मचारी
20. दीपा दाहाल — सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
21. ललिता सिलवाल — परराष्ट्र मन्त्रालयकी उपसचिव
22. विजयराज तण्डुकार — परराष्ट्र मन्त्रालयका उपसचिव
23. लोचन पौडेल — परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
24. दीपकराज निरौला — शिष्टाचार अधिकृत
25. मनोज गैरे — शाखा अधिकृत
26. प्रेमराज गौतम — उपशिष्टाचार महापाल
27. विनय शाक्य — प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
28. मुकेश डंगोल — महानिर्देशक, क्यान
४. सुरक्षा तथा सञ्चार प्रतिनिधि
29. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट — प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी
30. मेजर सुशील बानियाँ — प्रधानमन्त्रीका सुरक्षा अधिकृत
31. डीएसपी दीपेश बस्याल — प्रधानमन्त्रीका सुरक्षा अधिकृत
32. मेजर रोशन केसी — प्रधानमन्त्रीका सैनिक सहयोगी
33. तारा हमाल ढुंगाना — गोरखापत्रकी संवाददाता
34. कमलकुमार बस्नेत — राससका संवाददाता
35. अशोक कुमार बस्नेत — नेपाल टेलिभिजनका भिडियोग्राफर
