असार-साउनको भेलले घर-बार खोसेर टुलुटुलु हेर्न बाध्य बनाएका नुवाकोटका बाढीपहिरो पीडितका आँखामा मंगलबार भने एउटा छुट्टै चमक देखियो। नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका २१ बाढीपीडित परिवारले अन्ततः ओत लाउने सुरक्षित छानो पाएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान बेलकोटगढी-७, महादेवथान पुगेर वाईसीएल नेपालले निर्माण गरिदिएका दुई कोठा र शौचालयसहितका अस्थायी आवासका साँचो (चाबी) पीडित परिवारलाई हस्तान्तरण गरे।
“हाम्रा लागि त यो नै सिंहदरबार हो!”
विपत्तिका बेला गाँस र बास दुवै गुमाएर निराशामा डुबेका पीडितहरूका लागि यी अस्थायी घरहरू केवल ढूंगा-माटोको संरचना मात्र होइनन्, नयाँ जीवन सुरु गर्ने मजबुत आधार बनेका छन्।
