नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चुन्नका लागि आज बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म बहुप्रतिक्षित मतदान हुँदैछ। मतपत्र छपाइमा देखिएको प्राविधिक ढिलाइका कारण हिजो हुनुपर्ने चुनाव रोकिएपछि कार्यकर्ता र समर्थकमाझ कौतूहल उत्कर्षमा पुगेको थियो।
सबै प्राविधिक तयारी पूरा भएसँगै निर्वाचन समितिले आज बिहानैदेखि मतदान प्रक्रिया अघि बढाउने भएको छ। अबको केही घण्टामै हजारौँ महाधिवेशन प्रतिनिधिले आफ्नो गोप्य मतदानमार्फत कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्वको टुङ्गो लगाउनेछन्। यस महाधिवेशनमा कुल ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्वका लागि आफ्नो मताधिकार प्रयोग गर्दैछन्। सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच सीधा प्रतिस्पर्धा हुने भएको छ।
