राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सर्वदलीय बैठक आह्वान गरेको छ। रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बिहान ११ बजे सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बस्न लागेको हो।
सभापति रवि लामिछानेको आह्वानमा बस्ने उक्त बैठक भोलि बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा तय गरिएको छ। विपद्को समयमा सबै राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्यका लागि शीर्ष नेतृत्वबीच छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ।
