प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत मुख्य एजेन्डा

२५ भाद्र २०८३, बिहीबार ११:५९

प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३:०० बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा समसामयिक विषयका साथै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थाबारे छलफल हुनेछ।

उद्धार, राहत तथा प्रभावितहरूको पुनःस्थापना कार्यलाई थप दु्रत र प्रभावकारी बनाउन आवश्यक निर्णय लिन प्रधानमन्त्री शाहले यो बैठक डाक्नुभएको हो। बाढीपछि सरकारका सम्पूर्ण संयन्त्रहरू निरन्तर खोज, उद्धार र राहत वितरणमा खटिरहेका छन्।