राहत सामाग्री संकलनको लागि सरकारले तोकेको तीन वटा स्थानहरु

११ भाद्र २०८३, बिहीबार १५:३९

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सरकारले राहत सामग्री संकलन र व्यवस्थापनलाई तीव्रता दिएको छ। राहत वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले वैदेशिक र आन्तरिक सहयोगका लागि ३ वटा प्रमुख संकलन केन्द्रहरू तोकेको छ।

राहत सामग्री संकलन केन्द्रहरू र सम्पर्क व्यक्तिहरू

  • अन्तर्राष्ट्रिय सहयोग (हवाई मार्गबाट आउने सामग्री):

    • स्थान: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर, काठमाडौँ।

    • सम्पर्क व्यक्ति: श्रद्धा भट्टराई (WFP प्रतिनिधि) – ९८४१८७९२२२

  • स्वदेशी सहयोग (नुवाकोट क्षेत्र):

    • स्थान: नेपाली सेनाको मैथेली ब्यारेक, बट्टार, नुवाकोट।

    • सम्पर्क व्यक्ति: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४

  • स्वदेशी सहयोग (धादिङ क्षेत्र):

    • स्थान: बैरेनी ब्यारेक, धादिङ।

    • सम्पर्क व्यक्ति: दिलिप घले – ९८५११५४२२६

सहयोग पुर्‍याउने अन्य माध्यमहरू

  • सम्बन्धित जिल्लामार्फत: तोकिएका संकलन केन्द्रबाहेक इच्छुक व्यक्ति वा संघ-संस्थाहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सामग्री उपलब्ध गराउन सक्नेछन्।

  • आर्थिक सहयोग: नगद सहयोग गर्न चाहने दाताहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ मा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ।

संकलित सम्पूर्ण राहत सामग्री सरकारले आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा लगेर पारदर्शी रूपमा वितरण गर्ने जनाएको छ। सहयोग गर्न इच्छुक सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई तोकिएका स्थान वा अधिकारीहरूसँग सम्पर्क गरी सहयोग उपलब्ध गराउन अपिल गरिएको छ।