पाणिनी तपोभूमिको संरक्षणमा एकजुट बागमती प्रदेश, विशेष कार्यसमिति गठन

७ असार २०८३, आईतवार १०:१६

काठमाडौँ, असार ७ गते ।

संस्कृत व्याकरणका महान् आचार्य महर्षि पाणिनीको साधना भूमि—पाणिनी तपोभूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक एवं सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउन सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन्। अर्घाखाँची जिल्लाको यो ऐतिहासिक र अमूल्य धरोहरको संरक्षण, संवर्द्धन र दीर्घकालीन गुरुयोजना निर्माणका लागि काठमाडौंमा ‘बागमती प्रदेशस्तरीय पाणिनी तपोभूमि विकास तथा व्यवस्थापन कार्यसमिति’ गठन गरिएको छ।

जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद् र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागितामा सम्पन्न विशेष कार्यक्रममा पाणिनी क्षेत्रको योजनाबद्ध विकासका लागि राज्य र स्थानीय समुदायबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिइयो। कार्यक्रमको सन्चालन यदुनाथ पोखरेल गर्नु भएको थियो

संरक्षण र प्रवर्द्धनको नयाँ खाका

विश्व प्रसिद्ध व्याकरणकार महर्षि पाणिनीले तपस्या गरेको पवित्र भूमिका रूपमा परिचित यस क्षेत्रको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी र नतिजामुखी बनाउन सरोकारवालाहरूको व्यापक सहभागिता गराइएको छ। नवगठित समितिले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई तीव्रता दिँदै पाणिनीलाई नेपालकै एक प्रमुख पर्यटकीय र सांस्कृतिक हब बनाउने संकल्प लिएको छ।

को-को आए कार्यसमितिमा ? (नयाँ नेतृत्व)

तपोभूमिको विकास र प्रवर्द्धनलाई प्रभावकारी रूपमा अघि बढाउन प्रा. डा. मोहन पन्थीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

  • संयोजक: प्रा. डा. मोहन पन्थी

  • सहसंयोजक: धनञ्जय पौडेल र रामप्रसाद भट्टराई

  • महासचिव: डा. विदुर शर्मा वस्ती

  • सचिव: यदुनाथ पोखरेल

  • कोषाध्यक्ष: दीपकराज गौतम

कार्यसमिति सदस्यहरू: अर्घाखाँची, गुल्मी, पाल्पा र रूपन्देही लगायतका जिल्लाका लब्धप्रतिष्ठित शिक्षाविद्, समाजसेवी, प्राज्ञ तथा सामाजिक व्यक्तित्वहरू।

सदस्यहरू

कार्यसमितिमा विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी देहायबमोजिमका सदस्यहरू चयन हुनुभएको छ:

सदस्यहरूको सूची: डा.विमला शर्मा, ,गुल्मी ,सदस्य

संचार उद्यमी तथा समाजशास्त्री श्रीधर खनाल अर्घाखाँची, सदस्य

श्री दिनेशमणि घिमिरे, पटौटी, सदस्य
श्री शोभाकर पोख्रेल,अर्घाखाँची, सदस्य
श्री शुभाषचन्द्र पोख्रेल ,रूपन्देही, सदस्य
श्री इन्द्र पाछाईँ, पाल्पा, सदस्य
श्री मदन गौतम, पोखराथोक, सदस्य
श्री छविन्द्र बेल्बासे, मैदान, सदस्य
श्री विवेक पौडल, खिदिम, सदस्य
श्री पदम भट्टराई, जुकेना, सदस्य
श्री लक्ष्मण पन्थी, सदस्य श्री डिल्लीराज पोखरेल, गुल्मी, सदस्य
डा. विष्णुमाया केसी, सदस्य
श्री उज्वल केसी, खिदिम ,सदस्य
श्री रामहरि गौतम, डाँडाकटेरी, सदस्य
श्री गीता भुसाल भट्टराई सदस्य
श्री रामप्रसाद पोख्रेल, पणेना, सदस्य
श्री हिमाल गौतम, पोखराथोक, सदस्य
श्री जयराम पोख्रेल, पणेना, सदस्य
श्री सुरज पोख्रेल, पणेना, सदस्य
श्री खिमानन्द भुसाल, सदस्य
श्री कृष्ण बेल्बासे, मैदान, सदस्य
श्री शेषनारायण पोख्रेल, अर्घाखाँची, सदस्य
श्री ईश्वरी पौडेल, धातीवाङ्, सदस्य
श्री गोमा न्यौपाने, गुल्मी, सदस्य
श्री शेषकान्त पोख्रेल, पाल्पा,सदस्य।

सल्लाहकार परिषद्

तपोभूमिको योजनाबद्ध विकास र नीतिगत सहजताका लागि देशका प्रतिष्ठित व्यक्तित्वहरूलाई सल्लाहकारका रूपमा चयन गरिएको छ:

सल्लाहकारको नाम ओहोदा/विज्ञता क्षेत्र
विद्वान गुरु चैतन्य कृष्ण महाप्रभु आध्यात्मिक अभियन्ता तथा उत्प्रेरक
प्रा. डा. होमनाथ भट्टराई वरिष्ठ प्राध्यापक
प्रा. डा. जयराज आचार्य वरिष्ठ प्राज्ञिक व्यक्तित्व तथा पूर्व कूटनीतिज्ञ
माननीय प्रदीप ज्ञवाली वरिष्ठ नेता तथा पूर्व मन्त्री
माननीय पुष्पा भुसाल वरिष्ठ नेतृ तथा पूर्व उपसभामुख
माननीय डा. चन्द्र भण्डारी प्रतिष्ठित नेता
माननीय ठाकुर गैरे प्रतिष्ठित नेता
माननीय हरिप्रसाद भुसाल नीतिगत/राजनीतिक व्यक्तित्व
माननीय सन्दीप राना नीतिगत/राजनीतिक व्यक्तित्व
वसन्त कुँवर पूर्व प्रहरी महानिरीक्षक (IGP)
रामबहादुर कार्की पूर्व अतिरिक्त महानिरीक्षक (AIG)
कुलचन्द्र गौतम पूर्व सहायक महासचिव (UN)
यादवबहादुर रायमाझी मानार्थरथी
डा. ध्रुव भट्टराई प्राज्ञ शिक्षाविद्
डा. चिरञ्जीवी भट्टराई समाज / कानुन विज्ञ
नेत्रबन्धु पोखरेल अन्तर्राष्ट्रिय व्यक्तित्व
कृष्ण ज्ञवाली प्राज्ञिक विद्वान व्यक्तित्व
डा. मनोज थापा विशेषज्ञ
प्रा.डा. दुर्गाजङ्ग केसी विद्वान शिक्षासेवी
डा. वासुदेव खनाल संस्कृत विद्वान
डा. गोविन्दबोल श्रेष्ठ अनुसन्धान विज्ञ
डा. राजु अधिकारी योग तथा जीवनशैली विज्ञ
डा. लोकनाथ पौडेल / डा. युवराज पाण्डे विज्ञहरू
प्रकाश नेपाल / किशोर गौतम व्यवस्थापक / विज्ञ
टेकवीर जङ्ग रायमाझी / कमल गौतम सामाजिक व्यक्तित्व
खगेश्वर गौतम / वासुदेव मरासिनी प्रशासनिक / विज्ञ व्यक्तित्व
प्रा.डा. भागवत ढकाल विद्वान प्राध्यापक
प्रा.डा. लालमणि पाण्डेय ज्ञाता
डा. दिनेश भट्टराई प्राज्ञ / समाज विज्ञ
अच्युतराज गौतम विषयगत विज्ञ
अर्जुनकुमार भट्टराई सामाजिक / व्यावसायिक व्यक्तित्व
बालकृष्ण घिमिरे सहयोगी / विज्ञ व्यक्तित्व

आगामी कार्यदिशा

यो कार्यसमिति गठन भएसँगै पाणिनी तपोभूमि क्षेत्रमा आवश्यक सडक सञ्जाल, खानेपानी, पूर्वाधार विकासका साथै संस्कृत र व्याकरणको अध्ययन केन्द्रका रूपमा यस ठाउँलाई अगाडि बढाउन ठूलो मद्दत पुग्ने विश्वास स्थानीयबासी र सरोकारवालाहरूले व्यक्त गरेका छन्।