आज रातिदेखि निर्वाचन आचारसंहिता लागू, आयोगले सरकारलाई गरायो जानकारी

५ माघ २०८२, आईतवार १७:४६

निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी सरकारलाई गराएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले बालुवाटारमा आयोजित कार्यक्रममा सरकारलाई औपचारिक रूपमा जानकारी गराएको हो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।

आयोगका तर्फबाट निर्वाचन आचारसंहिता सम्बन्धी विशेष प्रस्तुतीकरण समेत गरिएको थियो। आयोगको आजै बसेको बैठकले आज राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।