एमाले निर्वाचन : ‘नो भोट’को सदुपयोग भन्दै उम्मेदवारले नै हालेनन् भोट

३ पुष २०८२, बिहीबार ०८:३७

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बुधबार भएको मतदानमा ३६ जना प्रतिनिधिले मतदान गरेनन् ।

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना भने विभिन्न कारणले मतदानमा सहभागी भएनन् । यतिसम्मकी एक जना उम्मेदवारले नै मतदान गरेनन् ।

केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंला भोट हालेनन् । गुल्मीबाट प्रतिनिधि भएर आएका अर्यालले ‘नो भोटको समुपयोग’ भन्दै मतदान नगरेको बताएका छन् ।

अर्याल प्रेस चौतारीका पूर्वअध्यक्ष समेत हुन् ।