नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ५० पैसा र बिक्रीदर १७० रूपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रूपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १८२ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रूपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रूपैयाँ २१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४६ पैसा र बिक्रीदर २० रूपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५७ पैसा र बिक्रीदर चार रूपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७९ पैसा र बिक्रीदर नौ रूपैयाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ५७ पैसा र बिक्रीदर १५ रूपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६९ पैसा र बिक्रीदर २२ रूपैयाँ ७९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ६५ पैसा र बिक्रीदर ४७२ रूपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७६ रूपैयाँ ५४ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
