पोखराविरूद्ध लुम्बिनीले जित्यो टस

१४ मंसिर २०८२, शनिबार ११:१६

नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्स विरूद्ध लुम्बिनी लायन्सले टस जितेको छ।

दुई टोलीबीच बिहान सवा ११ बजे खेल हुँदैछ।

लुम्बिनीले टस जितेर बलिङ रोजेको छ। दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ।

लुम्बिनीले ४ खेल खेलिसक्दा पोखराले ३ खेल खेलेको छ। दुवैले एक एक खेल मात्रै जितेको छ।

खेलमा लागि पोखराले दुई खेलाडी परिवर्तन गरेको छ। आकाश चन्द र ड्यानियल डाउथवेट आजको खेलमा छैनन्। आज अभिषेक तिवारी र माट टेलर टोलीमा छन्।

लुम्बिनीमा पनि एक खेलाडी परिवर्तन छ। थोमस ड्राक्सको स्थानमा निरोशन डिक्वेला खेल्दैछन्।

पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), दिनेश खरेल, किरण ठगुन्ना, सागर ढकाल, तृतराज दास, अभिषेक तिवारी,  विपिन खत्री, सुमित बर्मा, एडम रोसिङटन, माट टेलर, जिमी निशम।

लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी)  सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, गुलबदिन नाइब, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला र डार्शी शर्ट।