साविक विजेता (डिफेन्डिङ च्याम्पियन) जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा खराब प्रदर्शनलाई निरन्तरता दिँदै लगातार तेस्रो हार व्यहोरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएसँगै जनकपुरले हारको ह्याट्रिक गरेको हो।
यता अघिल्ला दुई खेलमा पराजित भएको पोखरा एभेन्जर्सले भने प्रतियोगितामा पहिलो जित दर्ता गर्दै अंक तालिकामा खाता खोलेको छ।
