कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा मा म्याच फिक्सिङको प्रस्ताव भएको खुलेको छ ।
एनपीएल खेल्ने खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ का मगरागडी घर भइ भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।उनीहरूलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
रन आउट भइदिएबापत ती खेलाडीलाई एक करोड रुपैयाँ दिने प्रस्ताव गरिएको थियो ।
तर ती खेलाडीले मानेनन् । यसबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले यो सबै सूचना लिएपछि म्याचफिक्सिङको प्रस्ताव गर्ने उनीहरू पक्राउ परेका हुन् ।
