एनपीएलः आज काठमाडौँ र सुदूरपश्चिम आमनेसामने

४ मंसिर २०८२, बुधबार ०८:२०

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको काठमाडौँले आज दोस्रो जितको खोजी गर्नेछ। उता, सुदूरपश्चिम लिगको पहिलो खेलमै राम्रो नतिजा निकाल्दै प्रतिस्पर्धामा प्रवेश गर्ने लक्ष्यमा छ।

काठमाडौँको नेतृत्व करण केसीले गरिरहेका छन्। उनको कप्तानीमा बनेको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।

सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन्। ऐरीको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा रहेका छन्।

काठमाडौँका प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वमुख्य प्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमका प्रशिक्षकमा जगत टमाटा रहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ टोली प्रतिस्पर्धामा छन्।