चार खर्ब ३८ अर्ब ५२ करोड रुपियाँले शोधनान्तर स्थिति बचतमा

२८ जेष्ठ २०८२, मंगलवार १३:५८

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा मलुकको शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो ।
नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दश महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२ का अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २३ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ८९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच अर्ब २६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) सात अर्ब पाँच करोड रहेको थियो ।