साटो ब्राण्डका छ भेरियन्ट अब लुम्बिनी प्रदेशमा

२७ जेष्ठ २०८२, सोमबार २१:०२
साटो ब्राण्डका छ भेरियन्ट अब लुम्बिनी प्रदेशमा
बुटवल, जेठ २६ –
विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने सामग्री उत्पादन गर्ने भारतीय साटो ब्राण्डका विभिन्न उत्पादनहरू अब लुम्बिनी प्रदेशमा पनि उपलब्ध भएका छन्।
यी उत्पादनहरू – आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्ड – का लागि लुम्बिनी प्रदेशमा शिखर ट्रेड इन्टरनेशनल प्रा.लि. लाई आधिकारिक वितरक नियुक्त गरिएको छ। नेपालका लागि साटो ब्राण्डको आधिकारिक प्रतिनिधि ट्राईनोक्स कम्पनीका सेल्स एण्ड मार्केटिङ प्रमुख विवेक शर्माले शिखर ट्रेडका सञ्चालक गणेशचन्द्र पोखरेललाई अधिकार हस्तान्तरण गरेका हुन्।
साटो ब्राण्डले हाल भारत, चीन, हङकङ, कतार, दुबई हुँदै नेपालमा पनि आफ्नो बजार विस्तार गरिसकेको छ। कम्पनीका अनुसार, साटोका उत्पादनहरू जलरोधक, टिकाउ र प्रयोगमा सजिलो छन्, जसले विभिन्न सामग्रीहरूलाई बलियो र दिगो तरिकाले जोड्न सक्ने क्षमता राख्दछन्।
शर्माका अनुसार साटोका उत्पादनहरूमा क्रसलिङ्किङ टेक्नोलोजी, २% अतिरिक्त ठोस तत्व, उच्च कभरेज, द्रुत सेटिङ क्षमता, र D3 जलरोधक प्रमाणीकरण समावेश छन्।
•क्रसलिङ्किङ प्रविधिले उत्पादनको बलियोपन र स्थायीत्वमा वृद्धि गर्छ।
•थप २% ठोस सामग्रीले मजबूत पकड र दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ।
•उच्च कभरेजले कम परिमाणमै ठूलो क्षेत्र कभर गर्न सक्छ।
•छिटो सुक्ने गुणले कार्यसम्पादनमा सुधार ल्याउँछ।
•D3 प्रमाणीकरणले जलरोधक गुणस्तर प्रमाणित गर्छ।
साटोले ISO तथा युरोपियन स्ट्यान्डर्ड २०२१ लगायतका अन्तर्राष्ट्रिय प्रमाणीकरणहरू प्राप्त गरिसकेको छ। कम्पनीका सञ्चालक सुजित माधोगरियाका अनुसार, साटोले उद्योगका नवीनतम प्रवृत्ति र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै आफ्ना उत्पादनहरूलाई अझ गुणस्तरीय बनाउँदै लगेको छ।
ट्राईनोक्स कम्पनीले गत वर्ष काठमाडौंबाट आफ्नो व्यापार प्रारम्भ गरेको थियो। त्यसपछि छोटो समयमै बिरगंज, जनकपुर, लहान, इटहरी, विराटनगर, धरान, बिर्तामोड, भद्रपुर, पोखरा र बुटवल सम्म व्यवसाय विस्तार भइसकेको र अब अन्य शहरहरूमा पनि विस्तार गरिने योजना रहेको शर्माले जानकारी दिए।