स्ववियु चुनावमा माओवादीको बर्चश्व! प्रचण्डले दिए शक्तिशाली प्रतिक्रिया
६ चैत्र २०८१, बिहीबार १६:२५
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्ववियु चुनावको नतिजाले युवाहरू माओवादीसँग दृढ रूपमा उभिएको प्रमाणित गरेको दाबी गरेका छन्।
बिहीबार फेसबुकमा प्रतिक्रिया दिँदै उनले यो परिणाम ‘उत्साहजनक’ मात्र नभई भ्रष्टाचार र बेथितिविरुद्धको संघर्षमा युवाहरूको क्रान्तिकारी चेतनाको प्रष्ट संकेत भएको बताए।
‘धेरै क्याम्पसमा गठबन्धन समर्थित संगठनलाई समेत हराउँदै आएको परिणामले देखाउँछ कि सचेत युवा पुस्ता अब अन्याय र भ्रष्टाचारको विरुद्ध उत्रिएको छ,’ प्रचण्डले लेखे।
उनले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै माओवादीको संघर्षमा अझै मजबुत साथ दिन आग्रह गरेका छन्।