गायक स्वरूपराज आचार्यको “मैले बुनेका रहर” सार्वजनिक

४ चैत्र २०८१, मंगलवार १४:४२

५ चैत्र, काठमाडौं । लोकप्रिय गायक स्वरूपराज आचार्यको सुमधुर आवाजमा रहेको नयाँ गीत “मैले बुनेका रहर” एक भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। कार्यक्रमको अध्यक्षता सन्सा फिल्मसका अध्यक्ष सुरज खनालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहनुभएको थियो। त्यस्तै, राष्ट्रिय जन सांस्कृतिक महासंघका अध्यक्ष प्रेम नाथ अधिकारी विशेष अतिथि र गायक तथा सर्जक मोतिराज खनाल विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए।

गीतमा सुवास कुमार लाम्सालको भावनात्मक शब्द, राम कार्कीको उत्कृष्ट संगीत तथा एरेन्ज रहेको छ। साथै, सबिर कार्कीले गितारमा उत्कृष्ट प्रस्तुति दिएका छन्।

यस गीतको म्युजिक भिडियोमा भूवन के. पोखरेल, कुसुम शर्मा, गोपीकृष्ण चापागाईं, श्रीधर खनाल, र मान्शी शर्माले अभिनय गरेका छन्। भिडियोको निर्देशन सुरेश थापाले गरेका हुन् भने क्यामेरा तथा सम्पादन प्रवेश पोखरेलले सम्हालेका छन्। कलर तथा पोस्टर डिजाइन सौखिन तिमल्सिनाले गरेका छन्।

गीतको पोस्ट-प्रोडक्सन शुभ श्री क्रिएसनले गरेको छ भने प्रोडक्सन म्यानेजरको रूपमा सुलभ थापा रहेका छन्। सार्वजनिक भएसँगै गीतले श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। प्रेम र जीवनका भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतले धेरैको मन छोएको प्रतिक्रिया प्राप्त भइरहेको छ।