झुझारु युवा कुबेर खड्का नेपाल तरुण दल, कैलालीको जिल्ला सदस्यमा मनोनित

२९ फाल्गुन २०८१, बिहीबार १२:३६
कैलाली – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, कैलालीमा झुझारु युवा कुबेर खड्का जिल्ला सदस्य पदमा मनोनित भएका छन्। संगठनलाई सशक्त बनाउन तथा युवाहरुलाई सक्रिय रुपमा राजनीतिमा अघि बढाउन उनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
खड्काको मनोनयनले जिल्ला भित्रका युवाहरुलाई अझ ऊर्जा मिल्ने विश्वास गरिएको छ। उनी लामो समयदेखि नेपाली कांग्रेस र नेपाल तरुण दलसँग आबद्ध रहँदै युवाका हकहित तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।
यस अवसरमा कुबेर खड्काले संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै युवाहरुको नेतृत्व विकास, सामाजिक सेवामा सक्रियता र संगठन विस्तारमा विशेष योगदान दिने बताएका छन्।
नेपाल तरुण दल, कैलालीका नेताहरु तथा कार्यकर्ताहरुले खड्कालाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।