सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन प्रस्ताव दर्ता

१६ फाल्गुन २०८१, शुक्रबार ११:४६

काठमाडौं । प्रतिनिधिसभामा छलफलका लागि स्वीकृत भएपछि सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ मा प्रतिनिधिसभामा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

बिहिबार साँझ ५ बजेर ५० मिनेटसम्मको समयमा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका संघीय संसद सचिवालयको विधेयक व्यवस्थापन शाखाले जानकारी दिएको छ ।

विधेयक गृह मन्त्रालयले सरकारी विधेयकका रूपमा १५ माघमा संघीय संसद सचिवालयमा दर्ता गरेको थियो ।