यो सातामा नेप्से परिसूचक ६५.२७ अंकले वृद्धि,पुरानै लयमा फर्कने संकेत

९ फाल्गुन २०८१, शुक्रबार १६:३८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा ल्याउने चर्चाले सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । वृद्धिसँगै सेयर बजारले पुरानै लयमा फर्कने संकेत समेत गरेको छ ।

गत साता २१.३४ अंकले घटेर २६७८.४७ अंकको विन्दुमा झरेको नेप्से यो साता ६५.२७ अंकले वृद्धि भएर २७४३.७४ अंकमा पुगेको हो । अघिल्लो साता नेप्से ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको थियो ।

पछिल्लो १५ दिनको ९ कारोबारमा नेप्से परिसूचकमा उतारचढाव देखिएको छ । १५ दिनमा ४३.९३ अंकले नेप्सेमा वृद्धि भएको देखिन्छ । पछिल्लो १५ दिनमा ९ कारोबारका दिन मध्ये ६ कारोबार दिन नेप्से बढेको छ भने ३ कारोबारको दिन घटेको छ । यो साताको चार कारोबारमा चारै दिन नेप्से परिसूचकमा वृद्धि भएको छ ।

यसरी पछिल्लो सातामा नेप्सेमा उत्साह नै देखिएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.५६ अंकले वृद्धि भएर २६९८.०३ अंकको बिन्दुमा पुगेको थियो ।