यहाँका जनता गरिब भएका यीनै बैंक वित्तीय संस्था कम्पनी कारणले हुन् त?:राजन अर्याल

९ फाल्गुन २०८१, शुक्रबार १३:१७

काठमाडौं । यहाँका जनता गरिब भएका यीनै बैंक वित्तीय संस्था कम्पनी कारणले हुन्, जसरी हल्ला चलाइएको छ ? प्रश्न गर्न चाहन्छु म हरेक नेपालीलाई !

मैले वित्तीय क्षेत्रमा काम गर्न थालेको एक दशक भयो । तर आजसम्म यो नियति भोग्नु परेको थिएन । विगत यो दुई, तीन वर्ष यता धेरै उतार चडाव देख्दै भोग्दै आएको छु । यस्तो लाग्दै छ नेपालमा जागिर गरेर गम्भीर गल्ती गरेछु ।

यस्तो लाग्छ नेपालमा खुलेका जुनसुकै प्राइभेट कम्पनी सबै यहाँ लुट्न आएका हुन् ।  मैले विगत एक वर्षदेखि घाँटीमा परिचय पत्र बोक्न छाडेको छु , र आफ्नो साथीभाई इष्टमित्रलाई आफ्नो परिचय लुकाउन थालेको छु । कहाँ के काम गर्छस् ?भन्ने प्रश्नमा आफ्नो परिचय दिन छाडेको छु ।

यसको एउटै कारण वित्तीय संस्था भन्ने वित्तीयकै ठग फटाहा ट्याग लगादिन्छन् । यो देश समाज बिग्रनुमा हाम्रो अग्रहणी भूमिका छ । जस्तै व्यवहार गदर्छन् । के हामी नै दोषी हो र आखिर यो अवस्था आउनुमा बैंक वित्तीय संस्थामात्र दोषि छन् त ? के हामी नागरिक अर्धचेत भएकै होत?,  आफुले कति खादैछु भन्ने पनि हेक्का राख्न नसक्ने अवस्थामा पुगेकै हौ त ? केही कमजोरी बैंक वित्तीय संस्थाको पनि होला तर त्यो भन्दा बढी स्वयम् व्यक्तिको हो ।

हिजो त्यही बैक वित्तीय संस्थाबाट कर्जा लिएर विभिन्न पेशा व्यवसाय गरेका छन् । एकाध व्यक्ति बाहेक सबै राम्रै छन् । ब्यापार व्यवसाय चलाएका छन् । अधिकांशका छोराछोरी युरोपियन अष्ट्रेलिया, जापान, कोरिया जस्ता देशमा आफ्ना सन्तान पठाएका छन् । यहाँ उनीहरु गाडी दुईचार तल्ला घर खडा गरेर बसेका छन् । कर्जा लिएर सबै बन्दोबस्त गर्ने उनीहरु कसरी पीडित हुन सक्छन् ?

आफ्नो सबै बन्दोबस्त गर्ने कर्जा ऋणी तिर्ने समयमा तिर्दिन भन्न कही पाइन्छ । के हामीले सिकेको शिक्षाले त्यहि भन्छ । के मानविय धर्म यही हो र? आखिर पीडित को हो दिने संस्था हो यात लिने व्यक्ति आखिर पीडित को हो ? आज बैंक वित्तीय संस्था धरासायी हुने अवस्थामा पुगेको छ । राज्य यो विषयमा बोल्नु पर्दैन् । कोही सडकमा चिच्याउँदै कराउँदै हुलदंगा मच्याउँदै हिँड्यो भन्दैमा ऊ निर्दोष छ भन्न सकिँदैन् ।

सबै पडियो भारत र चाइना भन्दा धेरै प्राइभेट बैन्क नेपाल मा कसैले बिदेश बाट आएर खोलिएका बैन्क होइन एक बैन्क का ,सयौ शाखा यति कै खोलिएको होइन जन्ता ऋणि इमान्दार बफ्फादार बैन्क प्रति अटुट बिस्वास कै कारण ले खोलिएका हुन ,बाकि बजार अनि देशले बुझोस।