केपी ओली कपमा फुटबल प्रतियोगितामा २ विदेशी सहित ९ वटा टोलीले खेल्ने

६ फाल्गुन २०८१, मंगलवार १४:११

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म हुने केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशाला र ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा चल्नेछ ।

प्रतियोगितामा नेपालका मच्छिन्द्र फुटबल क्लब, सशस्त्र प्रहरी बलको एएपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी), सङ्कटा क्लब र आयोजकको एक टोली रहने भएको छ ।

यस्तै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको ट्रस्पोर्ट युनाइटेडले खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् ।