त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्ससँग नेपाल २० रनले पराजित

१७ माघ २०८१, बिहीबार १५:४८

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज देखी शुरु भएको पहिलो त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २० रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सफल भयो।

नेपालकी सीता राना मगरले सबैभन्दा धेरै ४५ बलमा २८ रन बनाइन् । यस्तै कविता जोशीले २७, पूजा महतोले २४ रन बनाइन् । नेदरल्यान्ड्सकी करोलिन डी लाङ्गे र इभा ल्यान्चले २ र २ विकेट लिए ।

यस्तै माघ २३ गते नेपाल र नेदरल्यान्ड्स, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड तथा माघ २५ गते नेपाल र थाइल्यान्ड खेल्नेछन् । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।