
काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय महिला टी -२० आई सिरिज सुरू हुँदै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने उक्त खेलको पहिलो खेल मध्यान्ह १२ बजे नेपाल र नेदरल्याण्ड्सबिच हुनेछ ।
नेपालले महिला क्रिकेटमा पहिलो पटक नेदरल्याण्ड्ससँग खेल्ने लागेको हो भनेसिरिजका एक टोलीले ६ खेल खेल्नेछ ।
नेपालले नेदरल्यान्डस् र थाइल्यान्डसँग ३ /३ खेल खेल्नेछ ।
यी खेल सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिरिजको उपाधि जित्नेछ ।