
काठमाडौं । महिला टी–२० विश्वकप आईसीसी १९ वर्षमुनिको क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर भेटायो । स्कटल्यान्डकी पिपा स्प्रोलले ३५ रन बनाइन् । नेपालकी रचना चौधरी र सिमाना केसीले २ /२ विकेट लिए ।
मलेसियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा अलआउट भयो । नेपालकी पूजा महतोले २७ रन बनाइन् । स्कटल्यान्डकी मेसे मसेराले ५ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बुधवार अस्ट्रेलियासँग खेल्नेछ ।