काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । ।
अस्ति शुक्रवार सुन तोलाको एक लाख ५७ हजार नौ सय रुपैयाँ रहेको थियो ।सुनको भाउ घटे सँगै आज तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज ३० रुपैयाँले घटेर एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको थियो ।
